PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

पारदर्शी पहिरन कारण इजिप्टकी हिरोइन विरुद्ध प्रहरीमा उजुरी



पहिलोपोस्ट

पारदर्शी पहिरन कारण इजिप्टकी हिरोइन विरुद्ध प्रहरीमा उजुरी

इजिप्टकी हिरोइन रनिया युसेफ विवादमा तानिएकी छिन्। काइरो फिल्म फेस्टिभलमा पहिरिएको ड्रेसका कारण उनी विवादमा तानिएकी हुन्।

फेस्टिभलको रेड कार्पेटमा अश्लिलता देखाएको भन्दै उनी माथि उजुरी पनि परेको छ। उनले लगाएको कालो गाउन ड्रेस कम्मर तल पारदर्शी देखिन्छ। रेड कार्पेटमा हिँड्दै गर्दा उनका आधा शरिर देखिन्थ्यो।  


उनलाई पाँच वर्ष जेल सजाय हुनसक्ने बताइएको छ।

४० वर्षिया रनियाले सामाजिक सञ्जाल मार्फत माफी पनि मागेकी छिन्। यसरी विवादमा आउने थाह भएको भए आफूले उक्त ड्रेस नपहिरने उनले बताइन्। समाजको मुल्य मान्यता र इजिप्टियन महिलाको विरुद्धमा देखिएको बताउँदै दुई वकिलले उनीमाथि उजुरी लगाएका हुन्। एम्रो र सब्रीले उक्त ड्रेसले फेस्टिभलको मान्यता पनि तोडेको बताए।

पछिल्लो समय भित्री वस्त्रमा म्यूजिक भिडियो बनाएको आरोपमा इजिप्टकी गायिका सीमालाई दुई वर्षको जेल सजाय सुनाइएको थियो। इजिप्ट मुस्लिम बाहुल्यता भएको देश हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell