
काठमाडौं : फिल्म 'सुश्री सम्पत्ति' प्रदर्शनको तयारीमा छ। निर्माण टिम यतिखेर फिल्म प्रचारमा व्यस्त छन्। मंसिर २८ देखि प्रदर्शनमा आउने फिल्मलाई पत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्।
सोसल ड्रामामा पोखराको नाइट लाइफ देखाइएको छ। फिल्ममा कलाकर सलोन बस्नेत, सारा शिर्पाली, विनोद न्यौपाने र प्रमोद अग्रहरीको मुख्य अभिनय छ। सलोन र विनोदसँगै फिल्मको प्लट अघि बढ्ने निर्देशक आचार्यले जनाए।
सुश्री र सम्पत्तिमा कुन प्यारो?
सलोनले सुश्रीको पक्षमा बोले। उनले भने 'सुश्री प्यारो नि, सम्पत्ति त आफै कमाउँला'। सम्पत्तिको पक्ष लिँदै बिनोदले भने 'सम्पत्ति भयो भने सुश्री ल्याउन पाइयो। सम्पत्ति भएन भने घर झगडा हुन्छ।'
फिल्मकी सुश्री साराले पनि फिल्मबारे बोल्दै स्कुलका दिन सम्झिन् 'स्कुलमा नबोलेर मनपराउनेहरु धेरै थिए। एकजना त डाइहार्ट मनपराउने।'
प्रमोदले आफ्नो भुमिका मनपरेकोले फिल्ममा संलग्न भएको बताए। फिल्ममा विनोद, प्रमोद र सारसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको अभिनय छ। फिल्मका गीतहरुमा सुरेश अधिकारीको शब्द /संगीत, कविराज गहतराजको कोरियोग्राफी र भरत रेग्मीको सम्पादन छ।