PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

इपीएल : हङकङका बाबर हायत, नेदरल्याण्ड्सका भान डेर मर्वे र मिकेरन विराटनगर वारियर्समा अनुबन्ध, प्रशिक्षकमा उमेश पटवाल



पहिलोपोस्ट

इपीएल : हङकङका बाबर हायत, नेदरल्याण्ड्सका भान डेर मर्वे र मिकेरन विराटनगर वारियर्समा अनुबन्ध, प्रशिक्षकमा उमेश पटवाल

काठमाडौँ : साविक विजेता विराटनगर वारियर्सले यही शनिवार मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिगका लागि चार विदेशी खेलाडीको नाम घोषणा गरेको छ।

वारियर्सले सोमवार विज्ञप्ती जारी गर्दै  हङकङका बाबर हायत, नेदरल्याण्ड्सका पउल भान मिकेरन र रोलोफ भान डेर मर्वे तथा भारतका स्मिथ पटेललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको छ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का मार्की प्लेअर तथा कप्तान रहेको वारियर्सले गत सिजन भैंरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै उपाधि जितेको थियो।

जसमा बाबार हायतसँगै हङकङकै अर्का खेलाडी अंशुमन रथको उत्कृष्ट प्रदर्शनको साथ थियो।

यस पटक पनि वारियर्सले दक्षिण अफ्रिकाबाट समेत खेलिकसेका भान मर्वे सहित मिकेरेन र पटेलको आगमनले विराटनगर वारियर्सको टिम राम्रो देखिएको छ। वारियर्सका पारससहित नेपाली राष्ट्रिय टिमका खेलाडीहरु अनिल कुमार शाह, बसन्त रेग्मी, करण केसी लगायत छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell