
युइएफए नेशन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सोमवार सेमिफाइनलको ड्र सार्वजनिक गरेको हो।
जसअनुसार इंग्ल्याण्ड र नेदरल्याण्ड्स तथा पोर्चुगल र स्वीट्जरल्याण्ड्स भिड्नेछन्।
यी चार राष्ट्र लिग ए मा चार समूहको विजेता बन्दै सेमिफाइनल पुगेका थिए।
पहिलो सेमिफाइनल पोर्चुगल र स्वीट्जरल्याण्डबीच जुन ५ मा हुनेछ भने इंग्ल्याण्ड र डचबीचको दोस्रो सेमिफाइनल जुन ६ मा हुनेछ।
यी दुई खेलको विजेताबीच फाइनल खेल जुन ९ मा हुनेछ।
युइएफएले गत सेप्टेम्वर देखि नयाँ प्रतियोगिताको रुपमा नेशन्स लिग आयोजना गरेको हो।