PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

पारा राष्ट्रिय च्याम्पियनसिप सुरु



पहिलोपोस्ट

पारा राष्ट्रिय च्याम्पियनसिप सुरु

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ।

पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो। राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले प्रतियोगिताको उद्घाटन गरे। सो अवसरमा उपाध्यक्ष तिम्सिनाले खेल सञ्चालनका सम्बन्धित संघका प्रतिनिधिलाई खेल सामाग्रीका साथै आर्थिक सहयोग पनि हस्तान्तरण गरेका थिए। कुल ४० लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो।

पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा पारासंग सम्बन्धित विभिन्न १५ संघका १८ खेलको प्रतिस्पर्धा हुनेछ।  प्रतियोगितामा १ हजार १ सय खेलाडीले १ सय ५० स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell