PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु

बेझाडः तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३० प ४१९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए।

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell