PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

मोडरिचले जिते बालोन डे'ओर अवार्ड



पहिलोपोस्ट

मोडरिचले जिते बालोन डे'ओर अवार्ड

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको एक दशकको अधिपत्य तोड्दै क्रोएसियन खेलाडी लुका मोडरिचले बालोन डे'ओरको अवार्ड जितेका छन्।

फ्रान्स फुटबल म्यागाजिनले मंगलवार बिहान प्रदान गरेको अवार्ड मोडरिचले पहिलो पटक जितेका हुन्। यसअघि लगातार दुई पटकको विजेता रोनाल्डो दोस्रो भए भने मेसी पाँचौ स्थानमा रहे।

जुन/जुलाईमा रसियामा भएको विश्वकपमा क्रोएसियालाई फाइनल पुर्‍याउन नेतृत्व गरेका मोडरिचले फिफा द बेस्ट अवार्ड पनि जितेका थिए।

सन् २००७ मा ब्राजिलका काकाले जितेयता यो अवार्ड रोनाल्डो र मेसीले मात्र जित्दै आएका थिए। यी दुईले कीर्तिमानी पाँच-पाँच पटक यो अवार्ड जितेका छन्।

मेसी सन् २००६ यता पहिलो पटक शीर्ष तीनमा अटाउन सकेनन्।

रसियामा विश्वकप जितेको फ्रान्सको एन्टोनी ग्रीजमन र किलियन एम्बाप्पे तेस्रो र तेस्रो भए।

यस्तै यसै वर्षदेखि प्रदान गर्न सुरु गरिएको महिला बालोन डे'ओरको अवार्ड नर्वेका स्ट्राइकर अदा हेगेरवर्गले जितेकी छिन्।

फ्रान्सेली क्लब लियोनले महिला च्याम्पियन्स लिगको फाइनल जित्दा हेगेरवर्गले पनि गोल गरेकी थिइन्।

यसैगरी पहिलो पटक प्रदान गरिएको कोपा अवार्ड फ्रान्सका एमबाप्पेले जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell