PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

ए डिभिजन लिग : पुलिस भर्सेस संकटा, पोजिसन सुधार्ने मौका



पहिलोपोस्ट

ए डिभिजन लिग : पुलिस भर्सेस संकटा, पोजिसन सुधार्ने मौका

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट छैटौँ चरणका खेलहरु सुरु हुँदैछ। आज दुई खेल हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ र एनआरटी तथा दोस्रो खेल संकटा र नेपाल पुलिसबीच हुनेछ।

साढे २ बजे हुने खेलमा संकटा र पुलिसको लागि पोजिसन सुधार गर्ने अवसर हुनेछ। पाँच खेलबाट १२ अंक जोडेको संकटा चौथो तथा समान खेलबाट १० अंक रहेको पुलिस पाँचौ स्थानमा छ। संकटा विजयी भए शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक बराबरी गर्नेछ। यस्तै पुलिसले खेल जिते अर्को विभागीय टोली त्रिभुवन आर्मीसमान १३ अंक जोड्नेछ।

अहिलेसम्म खेलेका पाँच मध्ये संकटाले चार खेल जित्दा पुलिसले तीन खेल जितेको छ। दुवैले एक-एक हार बेहोरेका छन्। पुलिसले एक खेल बराबरी खेलेको थियोङ

यसैगरी आजको पहिलो खेलमा एपीएफसँग भिड्दा एनआरटी पहिलो जितको खोजीमा हुनेछ। पाँच खेलबाट एक अंक मा रहेको एनआरटी १४ टोली सम्मिलित लिगमा पूछारमा छ। पाँच खेलबाट ४ अंक जोडेको एपीएफ पनि एनआरटीलाई हराउँदै पोजिसन सुधार्न चाहन्छ। कान्छो विभागीय क्लब एपीएफले पनि यस सिजन सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन।

च्यासल, फ्रेण्ड्स र जावलाखेल समान ४ अंक जोडेपनि गोलअन्तरमा पछि रहेको एपीएफ अंकतालिकामा ११औँ स्थानमा छ। एनआरटीलाई पराजित गरे एपीएफ सातौँ स्थानमा उक्लनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell