PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पोस्टरमा 'जानी नजानी'



पहिलोपोस्ट

पोस्टरमा 'जानी नजानी'

काठमाडौं : फिल्म 'जानी नजानी'को पोस्टर सार्वजनिक भएको छ। चैत्र १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको फस्ट लुक पोस्टरमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन्।

बसन्त अधिकारी निर्देशित फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय छ। आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्। फिल्ममा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स, रेनिश फागोको रङ्ग संयोजन  छ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्म  निर्देशक अधिकारीको डेब्यू फिल्म हो। उनले भने  'सहायक निर्देशक भएर काम गरिसकेपछी यो नै सहि समय जस्तो लाग्यो , डेब्यु गर्ने। फिल्म हामीले आँखालाई नबिझने किसिमले तयार पार्दैछौ। यसमा अहिलेको पुस्ताले आफुलाई रिलेट गर्नुहुन्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell