PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

प्रियांका र निकको संगीतमा हलिउड अभिनेत्री सोफीको नृत्य



पहिलोपोस्ट

प्रियांका र निकको संगीतमा हलिउड अभिनेत्री सोफीको नृत्य

अभिनेत्री प्रियांका चोपडा र अमेरिकन गायक निक जोनस विवाह गरेर दिल्ली फर्केका छन्। जोधपुरको उमेद भवनमा उनीहरुको  विवाह भयो। सोमबार विवाहित जोडी दिल्ली एरपोर्टमा देखिए। हरियो सारीमा सजिएकी प्रियांकाको सिउँदो रातो सिन्दुरले भरिएको देखियो। छेउमा उभिएका थिए निक।

प्रियांकाले मेहेन्दी र संगीतका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। मधु चोपडा र बहिनी परिणिती चोपडालगायत परिवारका अन्य सदस्यका बिचमा प्रियांकाले निकसँग विवाह गरेकी हुन्।

विवाहका लागि निकका बुवा पल जोनस, आमा डेनिस, दाइहरु जोइ जोनस र केभिन जोन जोधपुर पुगेका थिए। जोइकी फियन्से एवं 'गेम अफ थ्रोन'की हिरोइन सोफी टर्नरले निक र प्रियांकाको संगीतमा नृत्य गरेको तस्वीरले अहिले सामाजिक सञ्जाल भरिन थालेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell