काठमाडौँ : विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।
एपीएफले मंगलवार एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई २-० ले पराजित गरेको हो।
६ खेलपछि दुई जित र एक बराबरीसहित ७ अंक जोडेको एपीएफ अंकतालिकामा सातौँ स्थानमा उक्लेको छ।
खेलको तेस्रो मिनेटमै युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। १५औँ मिनेटमा राजेश परियारले एनआरटीका लागि बराबरी गोल फर्काए।
राजेशको गोलपछि पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा एपीएफले पेनाल्टीमार्फत एक गोल थप्दै खेल जित्यो। ७३औँ मिनेटमा सुदिप सिख्राकारले पेनाल्टीमा गरेको गोल एपीएफकोद जितमा निर्णायक बनेको हो।
खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपछि स्ट्राइकरहरु फिनिसिङ गर्न चुकेका थिए। केहीमा भने गोलकिपरले बचाउ गरेका थिए।
हिमालयन शेर्पासँग गोलरहित बराबरी खेल्दै लिग सुरु गरेको एपीएफले यसअघि फ्रेण्ड्सलाई मात्र हराएको थियो भने ब्रिगेड ब्वाइज, मनाङ मर्स्याङ्दी र थ्री स्टारसाग पराजित भएको थियो।
उता सिजनको पाँचौ हारपछि एनआरटी ६ खेलबाट एक अंकसहित पूछारमा छ।