
काठमाडौं : हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाली पोशाकमा सजिएका छन्। उक्त पोशाक मै उनले काठमाडौंका विभिन्न स्थान भ्रमण गरेका हुन्। 'मिलियन डलर'बाट उत्कृष्ट साहयक अभिनेतामा एकेडेमी अवार्ड (ओस्कर) जितेका उनलाई दौरा सुरुवालमा कस्तो देखियो?
अमेरिकन दुतावास ट्वटिरमा लेख्छ 'सँस्कृतिको संरक्षण गर्न किन आवश्यक छ भनेर केहिले प्रश्न गर्छन्। पहिलो उत्तर भावी पस्ताका लागि सँस्कृतिको संरक्षण, साथै पर्यटक र हलिउड लेजेन्ड जस्ता आगान्तुका लागि। काठमाडौंका साँस्कृति सम्पदा घुम्दा उनी दौरा सुरुवालमा सजिँदा धेरै राम्रो देखिए।'
Some ask why do cultural preservation efforts matter?
— U.S. Embassy Nepal (@USEmbassyNepal) December 4, 2018
1 of the answers is preserving them for future generations, as well as tourists & visitors like Hollywood legend Morgan Freeman!
He even looks good in Daura Suruwal while touring cultural places in #Kathmandu, don’t you think? pic.twitter.com/qaL3hyo3v3
मोर्गन केहि दिनदेखि नेपालमा छन्। टेलिश्रृङ्खला 'द स्टोरी अफ गड'को छायाँकनका लागि उनी नेपाल आएका हुन्। यसैका लागि उनले हिजो पूर्व कुमारी मतिना शाक्यसँग इतुंबहाल स्थित घरमा भेटेका थिए। 'स्ट्रीट', 'स्मार्ट ड्राइभिङ', 'मिस् डेजी' र 'इन्भिटिक्स' उनी अभिनित फिल्महरु हुन्।