PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

झरना थापाकी छोरी सुहानी र अनमोल मनाङतिर व्यस्त

झरना थापाकी छोरी सुहानी र अनमोल मनाङतिर व्यस्त

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दर्शकले रुचाएको फिल्म 'ए मेरो हजुर' टिम यतिखेर मनाङमा छ। 'ए मेरो हजुर'को तेश्रो संस्करणको छायाँकनका लागि टिम मनाङ पुगेको हो।

अहिले झरना थापाको निर्देशनमा फिल्मको गीतको छायाँकन भइरहेको छ। छायाँकन स्थलबाट गीतका केहि तस्वीरहरु सार्वजनिक भएका छन्। तस्वीरमा फिल्मका मुख्य अभिनेता अनमोल केसी र झरनाकी छोरी सुहानी थापा देखिएकी छिन्।

सुगम पोख्रेलले गाएको लभ सङमा मनाङको आइस लेकमा अनमोल र सुहानी रोमान्टिक बन्दै गरेका देखिन्छन्। गीतलाई राहुल शाहले कोरियोग्राफी गर्दैछन्। गीतमा प्रतिक अधिकारी र आशिष अविरलको संगीत छ।



ट्रेन्डिङ पोस्ट

Ncell