पहिलोपटक 'हाँस्य टेली अवार्ड २०७५'को हुन लागेको छ। पुस ७ गते प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रमका लागि अहिलेसम्म टेलिभिजन र युट्युवमा प्रसारण भइ रहेका हाँस्य टेलिश्रृङ्खलाले सहभागिता जनाउन पाउनेछन्।
कलाकार तथा निर्माण युनिट सम्मानको निमित्त भएका हास्य टेलिफिल्महरुलाई प्रोत्साहनको लागि हाँस्य अवार्ड गर्न लागेको आयोजक फ्रेन्डसिप धमाकाले जनाएको छ। अवार्डमा विभिन्न १९ विधामा अवार्ड प्रदान गर्ने अवार्ड संयोजक कृष्ण पुलामी मगर (क्रिस) ले जानकारी दिए।
अवार्डमा सामेल हुन चाहनेहरुले मंसिर २५ गतेसम्ममा टेलिफिल्मको डिजिटल प्रतिसहित आवेदन दिन सक्नेछन्। अवार्ड ७५ प्रतिशत् भोटको आधारमा र २५ प्रतिशत् निर्णायकको निर्णय अनुसार वितरण हुनेछ।
अवार्डले पुरानालाई हाँस्य कलाकारलाई सम्मान, नयाँलाई प्रोत्सान तथा आउने नयाँ प्रतिभाहरुलाई पनि हौसला हुने अवार्ड संयोजक पुलामीले विश्वास व्यक्त गरे।