PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सरकारले भाडाको रेल नचलाउने, एक अर्बमा भारतसँग किन्दै: आवश्यक जनशक्ति भारतबाटै ल्याइने   



दिनेश खड्का

सरकारले भाडाको रेल नचलाउने, एक अर्बमा भारतसँग किन्दै: आवश्यक जनशक्ति भारतबाटै ल्याइने   

काठमाडौं: सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्म आफ्नै रेल किनेर संचालन गर्ने भएको छ।

सुरुमा भारत सरकारसँग भाडामा लिएर संचालन गर्ने योजना थाँती राख्दै रेल किनेर नै चलाउन लागिएको हो। रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल किनेर संचालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार १ अर्ब रुपैयाँमा रेल किन्न लागिएको हो। १० डिब्बा सहितको दुर्इ सेट रेल किन्ने योजना बनाएको महानिर्देशक मिश्रले जानकारी दिए।

एउटा ट्रेन सेटमा सहायक र मूख्य गरी दुर्इवटा इन्जिन हुन्छन् भने पाँचवटा डिब्बा हुन्छ। एउटा डब्बामा ७२ जनाका लागि सीट हुन्छ। भाडामा लिएर रेल संचालन गर्दा घाटा हुने भएपछि रेल नै किनेर संचालन गर्न लागिएको विभागले जनाएको छ। 'रेल किन्ने ठूलो कुरो होर्इन ५० करोड हामीले बजेटमै पाएका छौ त्यसमा ५० करोड थपे पुग्छ यसका लागि अर्थ मन्त्रालय तयार छ।' उनले भने। प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले आफ्नै रेल किनेर संचालन गर्नुपर्ने बताएपछि विभाग अहिले रेल किन्ने प्रक्रियामा लागेको हो।

रेल किन्नका लागि दुतावास मार्फत कुटनीतिक पहल सुरु गरिएको रेल विभागले जनाएको छ। 'सकेसम्म आफ्नै रेल नै किन्ने हो तर रेल किन्दा धेरै समय लाग्ने भयो भने मात्रै भाडामा लिने विकल्पमा जान्छौ,' मिश्रले भने। विभागकाअनुसार भारतीय रेल प्रणालीभित्रको डिजेल मल्टी इलेक्ट्रोफायरिङ (डिमो)मोडलको रेल किन्ने योजनासमेत बनाएको छ। डिमो रेल दुवैतिर संचालन गर्नुपर्ने भएकाले यसलार्इ घुमाउनुपर्दैन। छोटो दुरीका लागि उक्त मोडलको रेल उपयुक्त हुने निष्कर्ष निकालिएको छ।

गत साता भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा मन्त्रालयकै वैदेशिक सहायता हेर्ने सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक बलराम मिश्र, मेकानिकल इन्जिनियर अमन चित्रकार लगायतको टोली भारत गएको थियो। मुम्वर्इदेखि गोवासम्मको करिव ७ सय किलोमिटर रेलमार्गको निरीक्षण गरेका थिए।

कोंकण रेल्वेको सहयोगमा टोलीले संचालनको प्राविधिक पक्ष, संचार, इमेर्जेन्सी मर्मत, स्टेसनलगायतका विषयहरु अध्ययन तथा निरीक्षण गरेको महानिर्देशक मिश्रले जानकारी दिए। कोंकण रेल्वे रक्सौल-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ। भारतले आफ्नै प्रणालीभित्रकै रेल संचालन गर्ने प्रस्ताव नेपालसँग गरेको थियो। तर त्यसलार्इ अस्विकार गर्दै रेल विभागले लिजमा लिने वा किन्ने तयारी गरेको हो।

नेपालको झण्डा फहराउने 

रेलमा नेपालको झण्डामा राखिने विभागका महानिर्देशक मिश्रले बताए। भाडामै संचालन हुने रेलमा समेत नेपालको मात्रै झण्डा राखिने उनले बताए। भारतले नेपाल र भारत दुवैको झण्डा राख्नुपर्ने बताउँदै आएको छ।

मिश्रका अनुसार रेलका लागि आवश्यक जनशक्ति नभएकाले भारतबाटै ल्याइने छ। रेलमै किन्ने लगायतका प्रकृयाका कारण मंसिरमा रेल संचालनमा आउन नसक्ने भएको छ। जयनगरदेखि जनकपुरको कुर्था करिव ३५ किलोमिटर खण्ड रेलमार्गको परीक्षण समेत गरेर तयार पारिएको छ। सोही खण्डमा रेल संचालन गर्न लागिएको हो।

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्ग निर्माण गर्न लागिएको छ। मुआब्जा विवादका कारण केही समय रोकिए पनि छिट्टै काम सुरु गर्ने विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell