PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सात क्विन्टल मरिचसहित पशुपति फुड्सका सञ्चालक पक्राउ



राधेश्याम पटेल

सात क्विन्टल मरिचसहित पशुपति फुड्सका सञ्चालक पक्राउ

वीरगंज: पर्सा प्रहरीले अबैध रुपमा वीरगंज आसपासमा विदेशबाट आयात गरी अवैध किसिमले भण्डारण गरी राखेका फर्महरुमा छापा हानी मरिच तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिएको छ। 

प्रहरीले गोप्य सूचनाको अधारमा हिजो वीरगंज–१६ भस्वा भेडिहारीमा राजेश महतो नुनियाको नाममा दर्ता रहेको पशुपति फुड ट्रेडर्समा छापा हानी सात सय किलो मरिचसहित नुनियालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए।

पर्सा प्रहरीको टोलीले भण्डारको कानुन बमोजिम खानतलासी लिदा अबैध रुपमा भण्डारण गरी राखिएकोले मरिच बरामद गरी फर्म सञ्चालक नुनियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयमा पठाइएको उनले बताए। 

विदेशबाट सस्तो दाममा मरिच मगाई भारतमा महँगो दाममा बेच्नको लागि नेपाल भारतको मरिच तस्करको गिरोह यो कार्यक्रमा संलग्न रहेको छ। वीरगंज आसापासबाट मरिच तस्कर सक्रिय बन्दा मरिच तस्करी रोकिन नसकेको वीरगंजवासी बताउँछन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell