PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : पहिलो दिन नेपाली खेलाडीको मिश्रित प्रदर्शन, ६ पुरुष खेलाडी दोस्रो चरणमा



पहिलोपोस्ट

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : पहिलो दिन नेपाली खेलाडीको मिश्रित प्रदर्शन, ६ पुरुष खेलाडी दोस्रो चरणमा
नेपालका विकास श्रेष्ठ

काठमाडौँ : योनक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज २०१८ मा पहिलो दिन नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन्।

आजदेखि हलचोकमा रहेको एपीएफको कोर्टमा सुरु भंएको सिरिजमा मेन्स सिंगल्सतर्फ पहिलो चरणमा जित हात पार्दै ६ नेपाली खेलाडी दोस्रो चरणमा पुगेका छन्। उनीहरु राउण्ड अप ६४ को खेल जित्दै राउण्ड अप ३२ मा पुगेका हुन्।

यस्तै ६ पुरुष खेलाडी भने पहिलो चरणमै पराजित भएका छन्।

नेपालका विकास श्रेष्ठ, दिपेश धामी, बिजित थापा मगर, प्रफुल महर्जन, प्रिन्स दाहाल र नवीन श्रेष्ठले पहिलो चरणमा जित हात पारे।

यस्तै साजन कृष्ण ताम्राकार, सुनिल जोशी, रुकेश महर्जन, दिपक बोहरा, इर्फान अन्सारी र गौतम कठायत पहिलो चरणमै पराजित भए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell