
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) फ्रेन्चाइज दिल्ली डेयरडेभिल्सको नाम परिवर्तन भएको छ। ११ सिजनसम्म दिल्ली डेयरडेभिल्सको नामबाट खेलेको उक्त फ्रेन्चाइजको मंगलवार नयाँ नामाकरण गरिएको छ दिल्ली क्यापिटल।
गत सिजन नेपालका सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सबाट खेल्दै आइपीएलमा डेब्यु गरेका थिए भने आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
११ सिजनमा दिल्लीलेख अहिलेसम्म उपाधि जित्न सकेको छैन भने प्रदर्शन पिन राम्रो भएको छैन।
Dilliwasiyon, say hello to Delhi Capitals!#ThisIsNewDelhi pic.twitter.com/KFW8f3GIP7
— Delhi Capitals (@DelhiCapitals) December 4, 2018
मंगलावार दिल्लीमा आयोजित कार्यक्रममा फ्रेन्चाइजको ओनरद्वय जिएमआर ग्रुप र जेएसडब्ललु स्पोर्ट्सले दिल्लीको नयाँ नाम घोषणा गरेका हुन्।
को ओनर रहेको जेएसडब्लुका पर्थ जिन्डल र जिएमएरका किरण कुमार ग्रान्धीले दिल्लीको नयाँ नामको अनावरण गरे।
'दिल्ली देशको पावर सेन्टर हो, यो राजधानी हो, त्यसैले दिल्ली क्यापिटल्स नाम।' जिन्दलले भने। यस्तै टिमले लोगो पनि परिवर्तन गरेको छ। तर लोगोमा पुरानै रातो र निलो रङलाई यथावत राखिएको छ।