PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

गौतम गम्भीरद्वारा सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा



पहिलोपोस्ट

गौतम गम्भीरद्वारा सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा

भारतीय क्रिकेट खेलाडी गौतम गम्भिरले क्रिकेट खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्।

भारतबाट वानडे वर्ल्ड कप र टी-२० वर्ल्डकप दुवै जितेका गम्भिरले मंगलवार सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरे।

गम्भिरले समाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै दुई दशक लामो प्लेइङ करियर टुङ्याएको घोषणा गरेका हुन्।

गम्भिरको अन्तिम खेल दिल्लीका रणजी ट्रफी २०१८-१९ अन्तर्गत यही डिसेम्वर ६ मा अन्ध्रा विरुद्ध होम ग्राउण्ड फिरोजशाह कोत्ला स्टेडियममा हुनेछ।

गाम्भिरले सन् २०१६ मा राजकोटमा भएको इंग्ल्याण्ड विरुद्धको टेष्टमा अन्तिम पटक भारतको लागि खेलेका थिए।

उनले सन् २०११ मा भारतलाई वानडे वर्ल्डकप जिताउन भूमिका खेलेका थिए।

'देशको लागि १५ वर्षभन्दा धेरै समय क्रिकेट खेलेपछि म यो ब्युटिफुल गेमबाट सन्यास लिन चाहन्छु।' गम्भिरले भनेका छन्। 'दुई विश्वकप, दुवै गेमको फाइनलमा उच्च रनकर्ता, यसले नै सपना पुरा गर्‍यो।'

गम्भिरले सन् २००७ को टी-२० वर्ल्डकप फाइनलमा ७५ रन बनाएका थिए। यस्तै २०११ को वानडे वर्ल्डकप फाइनलमा ९५ रन बनाएका थिए।

गम्भिरले २४२ खेल खेल्दै १० हजार ३२४ रन प्रहार गरेका छन्। उनी एक पटक वर्ल्ड टेष्ट प्लेअर अप दि इअर समेत घोषित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell