म्यानचेष्टर सिटीले प्रिमियर लिगमा गएराती वाटफोर्डलाई पराजित गर्दै शीर्ष स्थानमा पुन: पाँच अंकको अग्रता बनाएको छ।
सिटीले वाटफोर्डलाई उसैको मैदानमा २-१ ले पराजित गर्यो। सिटीका लागि लरेय साने र रियाद महारेजले एक-एक गोल गरे।
वाटफोर्डका लागि अब्दुलाए डोकुरले अलको अन्त्यतिर सान्त्वना गोल फर्काए
यस सिजन अपराजित यात्रालाई १५ खेलसम्म पुर्याएको सिटीले दोस्रो स्थानको लिभरपुलभन्दा ५ अंक बढी जोडेको छ।
सिटीले १३ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ। १५ खेलबाट ४१ अंक जोडेको सिटी शीर्ष स्थानमा आसिन छ। एक खेल कम खेलेको लिभरपुलको ३६ अंक छ।
यसैगरी हडर्शफिलडलाई २-१ ले पराजित गर्दै एएफसी बर्नमाउथ छैटौँ स्थानमा उक्लेको छ। बर्नमाउथको १५ खेलबाट २३ अंक भएको छ। यस्तै ब्राइटनले क्रिस्टल प्यालेस र वेष्टहमले बर्नलीलाई समान ३-१ ले पराजित गरेको छ।
4️⃣ down 6️⃣ to go...
— Premier League (@premierleague) December 4, 2018
Here's how the #PL table looks after tonight's results👇 pic.twitter.com/ZBsfHHEeFI