PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

कन्ट्याक्टर्स इन्जिनियरहरु संगठित, गठन भयो 'क्लिन'



पहिलोपोस्ट

कन्ट्याक्टर्स इन्जिनियरहरु संगठित, गठन भयो 'क्लिन'

काठमाडौं : विभिन्न निर्माण क्षेत्रमा जोडिएका इन्जिनियरहरुले कन्ट्याक्टर्स लिडिङ इन्जिनियर एसोसिएसन नेपाल (क्लिन) गठन गरेका छन्। 

पूर्वाधारको क्षेत्रमा इन्जिनियरहरुको भूमिका नेतृत्वदायी रहँदै आएकाले उनीहरुको समस्या सम्बोधनका लागि संगठित भएका हुन्।

विराटनगरमा बसेको इन्जिनियरहरुको भेलाले उज्ज्वल प्रसाईँको सभापतित्वमा कार्यसमिति समेत छानेको छ।

क्लिनका उप सभापतिमा रवीन्द्रप्रसाद ठाकुर, महासचिवमा रविराज पन्त, सचिवमा सन्तोष पुडासैनी र कोषाध्यक्ष सचिन श्रेष्ठ रहेका छन्। सदस्यमा मनिष श्रेष्ठ, प्रगति नेपाल, वैभव पाण्डे, सीताराम दाहाल, विमलेश यादव र विनोद गौतम छन्।

क्लिनका सचिव सन्तोष पुडासैनीका अनुसार पूर्वाधारको क्षेत्रसँग जोडिएर काम गरिरहेका इन्जिनियरहरु संगठित भएका हुन्। संस्थमा विभिन्न कम्पनीमा रहेका र संगठित रुपमा इन्जिनियरिङको कन्सल्टेन्सीमा संलग्न इन्जिनियरहरु जोडिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell