
प्रियांका चोपडा र अमेरिकन गायक निक जोनसको रिसेप्सन पार्टीमा भारतीय प्रभाधमन्त्री नरेन्द्र मोदी पुगेका छन्। नव जोडीलाई सुभकामना दिन उनी रिसेप्सन पार्टीमा पुगेका हुन्।
जोधपुरमा विवाह गरेकी प्रियांकाले दिल्लीमा रिसेप्सन पार्टी आयोजना गरेकी हुन्। रिसेप्सन पार्टीका केहि तस्वीरहरु सार्वजनिक भएका छन्। तस्वीरमा प्रियांका र निकसँग मन्त्री मोदी हाँस्दै गरेका देखिन्छन्।
पछिल्लो समय प्रियांकाले मन्त्री मोदीलाई विवाहका लागि निमन्त्रणा कार्ड पुर्याउन गएको विषयले बलिउड तातेको थियो। विवाहमा नपुगे पनि रिसेप्सन पार्टीमा उनी देखिए। रिसेप्सनमा प्रियांकाले सेतो लेहेङ्गामा पहिरेकी थिइन्। प्रियांका र निकले डिसेम्बर १, २ मा क्रिश्चियन र हिन्दु रितिले विवाह गरेका थिए।