
काठमाडौं : फिल्म 'गीत गजल'को छायाँकन सकिएको छ। ३५ दिनमा फिल्मको छायाँकन सकेको हो। फिल्मलाई निर्देशक नीतिन चन्दले निर्देशन गरेका हुन्। फिल्ममा रुपा पोख्रल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी र भिमा मैनालीको मुख्य अभिनय छ।
आरोही प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोख्रेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी छ। फिल्मको एउटा गीतको छायाँकन अझै बाँकी रहेको निर्मात्री आरोही क्षेत्रीले जनाइन्।