PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इपीएल खेल्न काठमाडौँ आइपुगे केभिन ओ'ब्रायन



पहिलोपोस्ट

इपीएल खेल्न काठमाडौँ आइपुगे केभिन ओ'ब्रायन

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ खेल्न आयरल्याण्डका केभिन ओ'ब्रायन नेपाल आइपुगेका छन्। आइरिस अलराउण्डरलाई यस सिजनका लागि काठमाडौँ किंग्स ११ ले अनुबन्ध गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओ'बायनले नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङसँग भेटेको फोटो फ्रेन्चाइजले सार्वजनिक गरेको छ।

ओ'ब्रायनसँगै किंग्स ११ ले यस सिजन युएईका कप्तान रोहन मुस्ताफालाई पनि अनुबन्ध गरेको छ।

किरण माल्दिभ्सको धिवेही प्रिमियर लिग खेलेर नेपाल आएका हुन्। उनको टोली टिसी स्फवर्ट्सले उक्त लिग जितेको थियो। किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell