PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राजदूत सिफारिस निलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्ण ढकाल र अञ्जान शाक्यमाथि २३ गते संसदीय सुनुवाई



पहिलोपोस्ट

राजदूत सिफारिस निलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्ण ढकाल र अञ्जान शाक्यमाथि २३ गते संसदीय सुनुवाई
सुनुवाई समितिको फाइल फोटो

काठमाडौं : चार मुलुकका लागि सिफारिस भएका राजदूतहरुमाथि मंसिर २३ गते संसदीय सुनुवाई हुने भएको छ। सुनुवाईका लागि २३ गते ११ बजे बैठक डाकिएको छ। 

कार्तिक २४ गतेको मन्त्रिपरिषदले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम राजदूतमा सिफारिस गरेको थियो। संसदीय सुनुवाई पछि उनीहरुलाई सरकारले नियुक्त गर्नेछ।

सुनुवाईपूर्व सिफारिसमा परेका ४ जनाविरुद्ध उजुरी गर्न समितिले आह्वान गरेको थियो। सिफारिसमा परेका चारैजनाविरुद्ध कुनै पनि उजुरी परेको छैन। 

समितिमा परेको एउटा उजुरी भने सैद्धान्तिक विषयसँग सम्बन्धित छ। नियुक्तिमा समावेशीकरणको विषयलाई लिएर उजुरी परेको हो। उक्त उजुरीलाई लिएर समितिले २१ गते छलफल गर्दैछ। छलफलमा उजुरीकर्ता पनि सहभागी रहनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell