PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

इपीएलमा अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्स



पहिलोपोस्ट

इपीएलमा अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्स

काठमाडौँ : विश्व खेलकुद अहिले मनोरन्जन क्षेत्रसँग नजिक छ। क्रिकेट लगायत अन्य खेलकुद हुँदा दर्शकलाई मनोरन्जन दिनको लागि चियरलिडर्सको व्यवस्था गरिन्छ।

छिमेकी भारतमा एक दशकदेखि आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पनि चियरलिडर्सको प्रयोग गरिदैँ आएको छ।

अब नेपालमा पनि त्यही आइपीएलमा मनोरन्जन दिने अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्सले थप मनोरन्जन दिने भएको छ।

फरक यत्ती हो आइपीएलमा एउटा टिमले आफ्नो छुट्टै चियरलिडर्स राख्ने गर्छ। नेपालमा भने इपीएलको आयोजकले नै चियरलिडर्सलाई ल्याएको छ।


आयोजक इपीएल प्रालीले किंग्सफिसरसँग मिलेर अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्सलाई नेपाल भित्र्याएको हो। बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले ६ जना विदेशी चियरलिडर्स सार्वजनिक गरेको हो। अब ती चियरलिडर्सले आगामी शनिवारबाट कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाडीलाई खेल्न उत्साह प्रदान गर्नेछन् भने दर्शकलाई मनोरञ्जन दिनेछन्। उनीहरुले खेलाडीले चौका छक्का हान्दा र विकेट लिँदा आफ्नो टिमको हौसला बढाउनेछन्।

'प्रत्येक खेल हुँदा हामीले यी ६ जनालाई बाँडेर दुई टिमको छुट्टै ३-३ जना चियरलिडर्स राख्नेछौँ। विदेशमा होम एण्ड अवे टिमको छुट्टै चियरलिडर्स हुन्छन्। तर यहाँ एउटा मात्र भेन्यु भएको र  आयोजकले नै ल्याएकोले दुई टिमको बनाएर रख्नेछौँ।' आयोजक इपीएलका प्रवन्ध निर्देशक अमिर अख्तरले भने। दुई टिमका लागि चियरलिडर्सलाई फरक-फरक ड्रेसको व्यस्था गर्ने अख्तरले जानकारी दिए।

अख्तरका अनुसार नेपाल आएका चियरलिडर्स बेलायतका हुन् र यीनीहरुले आइपीएलमा पनि प्रस्तुती दिइसकेका छन्। 'यीनीहरुले देल्लीको होम ग्राउण्डमा २ सिजन प्रस्तुती दिइसकेका छन्। केही समयअघि सुरु भएको हक्की वर्ल्डकपको ओपनिङ सेरेमोनीमा पनि यीनीहरुले प्रस्तुती दिएका थिए।'

यीनीहरुलाई भोलिन्टियरको रुपमा नेपाल ल्याएको र त्यसवापत आयोजकले क्रिकेट होलिडे प्याकेजको रुपमा सहयोग गर्ने अख्तरले बताए। उनीहरुलाई काठमाडौँ इपीएलपछि ट्रेकिङ, टुर, साइटसिनको व्यवस्था मलाउने पनि अख्तरले जानकारी दिए।

नेपाल आएका चियरलिडर्समध्ये एक जेसिकाले इपीएलमा प्रत्तुती दिन आफूहरु एकदमै उत्साहित रहेको सुनाइन्। 'पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय चियरलिडर्स आएका छौँ। हामी इपीएलमा बेस्ट इन्टरटेइनमेन्ट दिन तयार छौँ।' उनले भनिन्।

यस्तै आमिर अख्तरले अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्सको आगमनले नेपाली स्पोर्ट्स इन्डस्ट्रीमा फरक छाप छाड्ने बताए।

यस्गरी राष्ट्रिय टिमका कप्तान तथा इपीएलको डिफेण्डिङ च्याम्पियन विराटनगर वारियर्सका कप्तान पारस खड्काले पनि नेपालको लागि यो नयाँ अनुभव हुने र अबको दुई साता इपीएल र क्रिकेट टकिङ पोइन्ट्स बन्ने बताए।

इपीएलको तेस्रो संस्करण यही शनिवारबाट सुरु हुँदैछ र यसमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्। यस पटक ठूला नामका विदेशी खेलाडीहरुको आगमनले पनि इपीएल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell