PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ए डिभिजन लिग : फ्रेण्ड्स विरुद्ध गोल गर्न नसक्दा आर्मी बराबरीमा रोकियो, पोजिसन सुधार्ने मौका गुम्यो



पहिलोपोस्ट

ए डिभिजन लिग : फ्रेण्ड्स विरुद्ध गोल गर्न नसक्दा आर्मी बराबरीमा रोकियो, पोजिसन सुधार्ने मौका गुम्यो
photo : goalnepal.com

काठमाडौँ : विभागीय टोली त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा सिजनको दोस्रो बराबरी खेलेको छ।  छैटौँ चरण अन्तर्गत बिहीवार एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई फ्रेण्ड्सले गोलरहित बराबरीमा रोकेको हो।

लिगको उद्घाटन खेलमै एनआरटीसँग २-२ को बराबरी खेलेको आर्मीले त्यसपछि लगातार चार खेल जितेको थियो।

अघिल्लो खेलमा हिमालयन शेर्पालाई २-१ ले पराजित गर्दा दुबै गोल गरेका नियमित कप्तान भरत खवास फ्रेण्ड्स विरुद्ध खेलेनन्। भरत नहुँदा टेक बहादुर बुढाथोकीले आर्मीको आर्मब्याण्ड लगाएका थिए।

आर्मीले यस सिजन पहिलो पटक विपक्षीविरुद्ध गोल गर्न नसकेपनि अपराजित यात्रा भने कायम राखेको छ। आर्मीको आधा दर्जन गोल गर्ने अवसरलाई फ्रेण्ड्सका गोलकिपर देब लिम्बुले विफल पारे।

बराबरीपछि आर्मीले दोस्रो स्थानमा उक्लने र शीर्ष स्थानको मनाङसँग अंकदूरी घटाउने अवसर गुमाएको छ। ६ खेलबाट १४ अूक जोडेको आर्मी चौथो स्थानमै यथावत छ।

६ खेलबाट शतप्रतिशत नतिजासहित १८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ। समान १५ अंक रहेको थ्री स्टार र संकटा दोस्रो र तेस्रो स्थानमा छन्। गोलअन्तरमा थ्री स्टार अगाडी छ।

फ्रेण्ड्सपिन सिजनको दोस्रो बराबरीपछि ६ खेलबाट ५ अंकसहित १०‍औँ स्थानमा यथावत छ। छैटौँ चरणको अन्तिम खेलमा आज ब्रिगेड ब्वाइज र मछिन्द्र भिड्दैछन्। पाँच खेल खेलिसक्का मछिन्द्र अहिलेसम्म जितविहिन छ भने कुनै गोल समेत गर्न सकेको छैन। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell