PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

नेपाली फुटबलर रोहित चन्द इन्डोनेसियन लिगको बेस्ट प्लेअर अवार्डको लागि मनोनित



पहिलोपोस्ट

नेपाली फुटबलर रोहित चन्द इन्डोनेसियन लिगको बेस्ट प्लेअर अवार्डको लागि मनोनित

काठमाडौँ : नेपाली फुटबलर रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिग 'गो-जेक लिग वान' २०१८ को उत्कृष्ट खेलाडीको अवार्डका लागि मनोनित भएका छन्।

लिग वान को टेक्निकल स्टडी ग्रुपले पर्सिजा जाकार्ताबाट खेल्ने रोहितसँगै अन्य दुई खेलाडीलाई पनि उक्त अवार्डको लागि मनोनित गरेको छ।

टेक्निकल स्टडी ग्रुपले सिजनभर लिगको मनिटरपछि त्यसको मुल्याङकन गर्दै ३ खेलाडीको सूची सार्वजनिक गरेको जनाएको छ।

रोहितसँगै पिएसमए मकासारका विलियम जान प्लुइम र परस्वाया सुरवायाका डेभिड दा शिल्भा पनि उत्कृष्ट खेलाडीको लागि मनोनित भएका छन्।

रोहितले यस सिजन पर्सिजाको लागि ३० खेल खेल्दा ३ गोल गर्नुका साथै दुई असिस्ट गरेका छन्।

लिगमा अब सबै टिमले एक-एक खेल खेल्न बाँकी रहँदा रोहितको टिम ५९ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ।

पर्सिजाले अब लिगको अन्तिम खेलमा मित्र कुमारसँग शनिवार खेल्दैछ। उक्त खेल जितेमा पर्सिजाले लिग जित्नेछ। अन्य नतिजा आएमा दोस्रो स्थानको पीएसएम र पिएसएमएस माकासारबीच आइतवार हुने खेलको नतिजा कुर्नुपर्नेछ। पिएसज ५८ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पनि पर्सिजाका स्टेफानो कुगुरा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell