PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

एक सातामै 'टु पोइन्ट ओ'ले कमायो ५०० करोड



पहिलोपोस्ट

एक सातामै 'टु पोइन्ट ओ'ले कमायो ५०० करोड

गत बिहिवारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'टु पोइन्ट ओ' 2.0 ले ५०० करोडको ब्यापार गरेको छ। बलिउडकै खर्चिलो भनिएको फिल्मले प्रदर्शनको एक सातामै ५०० करोड कमाएको हो। रजनिकांत र अक्षय कुमार अभिनित फिल्मले रेकर्ड तोडेको दावी छ।

फिल्मको सह वितरक करण जोहरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् 'मेगा ब्लकबस्टर हुन इतिहास रच्दै टु पोइन्ट ओ, फिल्मको विश्वव्यापी कलेक्सन ५०० करोड हो।'
 

 
एस शंकर निर्देशित फिल्ममा एमी ज्याक्सनको पनि मुख्य अभिनय छ। फिल्मले मोबाइल फोनले चराचुरुङ्गीमा पार्ने प्रभावको कथा बोलेको छ। फिल्मलाई थ्री डीमा हेर्नेले पनि मनपराएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell