PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ए डिभिजन लिग : ब्रिगेड र मछिन्द्रले अंक बाँडे, मछिन्द्र अझै गोलविहिन



पहिलोपोस्ट

ए डिभिजन लिग : ब्रिगेड र मछिन्द्रले अंक बाँडे, मछिन्द्र अझै गोलविहिन
photo : goalnepal.com

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्ग छैटौँ चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्रले बराबरी खेलेका छन्। एन्फा कम्प्लेक्समा बिहीवार भएको खेलमा मछिन्द्र र ब्रिगेडले गोरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

यस सिजन लिगमा मछिन्द्र अझै जितविहिन छ। अहिलेसम्म खेलेका ६ मध्ये मछिन्द्रको यो तेस्रो बराबरी हो। मछिन्द्रले अझै गोल गर्न सकेको छैन।

६ खेलबाट तीन बराबरी खेलेको मछिन्द्रको ३ अंक छ। उता सिजनको पहिलो बराबरी खेलेको ब्रिगेडको ६ खेलबाट ४ अंक भएको छ। अंकतालिकामा ब्रिगेड १२औँ र मछिन्द्र १३औँ स्थानमा छ। एक अंक मात्र रहेको एनबरटी पुछारमा छ।

ब्रिगेड र मछिन्द्रको खेलपछि छैटौँ चरणको सबै खेल सकिएको छ। अहिलेसम्म अपराजित रहँदै सबै खेल जितेको मनाङ मर्स्याङ्दी १८ अंकसहित शीर्ष स्थानमा छ। मनाङलाई पछ्याइरहेको थ्री स्टार र संकटाको समान १५ अंक छ। दुवै टिमले पाँच खेल जितेका थिए भने एक खेल हारेका थिए। अर्को अपराजित आर्मी १४ अंकसहित चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell