PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिके राउत पूर्पक्षका लागि थुनामा, राज्यविरुद्ध कसुर मुद्दामा अनुसन्धानको बाटो खुल्यो



पहिलोपोस्ट

सिके राउत पूर्पक्षका लागि थुनामा, राज्यविरुद्ध कसुर मुद्दामा अनुसन्धानको बाटो खुल्यो

काठमाडौँ : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए। एसपी ढकालले भने, 'अदालतको आदेशअनुसार पूर्पक्षका लागि थुनामा राखेका छौं।‘

गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट अदालतले केही दिन अगाडिमात्र खारेज गरेको थियो।
 
पटकपटक सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले रिट खारेज गर्ने फैसला गरेको थियो। 

रिट खारेज भएपछि उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell