
तेस्रो डिभिजनको मेलिलालाई समग्रमा १०-१ को फरिकलो अन्तरले पराजित गर्दै रियल मड्रिड स्पानिस कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा ४-० को जित हात पारेको रियलले दवस्रो लेगमा मेलिलालाई ६-१ ले हरायो।
घरेलु मैदान सान्टियागो वर्नाबेनमा भएको खेलमा रियलका लागि मार्को असेन्सिओ र इस्कोले दुई दुई गोल गरे भने ज्याभिएर सान्चेज र भिनिसियस जुनियरले समान एक गोल गरे।
यसैगरी हुएस्कालाई समग्रमा ८-० ले पारजित गर्दै एथ्लेटिक विल्वाओ पनि अन्तिम १६ मा प्रवेश गरेको छ। एथ्लेटिकले दुवै लेग ४-० ले जितेको हो।
लेभान्टे, रियल बेटिस र स्पोर्टिङ गिहोन पनि अन्तिम १६ मा प्रवेश गरेका छन्। यसअघि नै बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया, भ्यालेन्सिया जस्ता ठूला क्लबले प्रिक्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।