PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

यौन दुर्व्यवहारको आरोपमा भारतीय गायक मीका सिंह दुबईमा पक्राउ



पहिलोपोस्ट

यौन दुर्व्यवहारको आरोपमा भारतीय गायक मीका सिंह दुबईमा पक्राउ

बलिउड गायक मीका सिंह पक्राउ परेका छन्। १७ वर्षिया ब्राजिलियन किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी दुबर्इमा पक्राउ परेका हुन्।

ब्राजिलियन किशोरीले उनी विरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्। गायक मीकाले अश्लील तस्वीरहरु पठाएको उनको आरोप छ। दुबई प्रहरीले मीकालाई दुबर्इको एक बारबाट बिहानको ३ बजे पक्राउ गरेको बताइएको छ। मीकालार्इ हाल आबुदाबी जेलमा राखिएको छ।

बलिउड कार्यक्रमका लागि उनी दुबई पुगेका थिए।

मीका विवादमा आइरहने गायक हुन्। राखी सावन्तसँगको 'लिपलक'का कारण एक समय उनी विवादमा परेका थिए। त्यस्तै, २०१५ मा डाक्टरलाई थप्पड हानेका कारण उनी पक्राउ परेका थिए। उनले बलिउड निकै हिट गीत दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell