PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

दुर्घटना न्युनीकरणका लागि छिन्चुमा बन्यो 'रिफ्रेस सेन्टर’



पी बी खड्का

दुर्घटना न्युनीकरणका लागि छिन्चुमा बन्यो 'रिफ्रेस सेन्टर’

सुर्खेत: कर्णाली प्रदेशमा दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले रिफ्रेस सेन्टर सञ्चालन गरिएको छ। लामो तथा छोटो दुरीका सवारी साधनका चालक र यात्रुलाई मध्यनजर गर्दे रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको हो। 

भेरीगंगा नगरपालिका–१२ छिन्चुमा रिफ्रेस सेन्टर सञ्चालनमा आएसँगै अबदेखि सवै सवारी साधानका चालक र यात्रुलाई सहज हुने भएको छ।
 
रिफ्रेस सेन्टरको स्थापना गर्न भेरीगंगा नगरपालिकाले ३ लाख रुपैँया सहयोग गरेको छ। प्रदेश प्रहरी कार्यालयको २ लाख र अन्य संस्थागत र व्यक्तिगत गरी करिब ८ लाख १७ हजार बढीको लागतमा २ कोठे रिफ्रेस सेन्टर स्थापना गरिएको हो। रिफ्रेस सेन्टरसँगै एक अस्थायी प्रहरी पोष्ट समेत तयार गरिएको छ।

विशेषगरी छोटो दुरीका भन्दा पनि लामो दुरीका चालक र यात्रुले सास्ती पाउँदै आाएका थिए। प्रदेश प्रहरी कार्यालय प्रमुख महेशविक्रम शाहले उद्घाटन गरेको रिफ्रेस सेन्टर प्रदेशका दश जिल्लालाई लक्षित गरिएको छ। रिफ्रेस सेन्टरले शान्ति सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ।
 
डिआईजी शाहले सडक दुर्घटना न्यूनीकरणका लागि सेन्टरले महत्वपूर्ण हुने बताए। ‘चालककै करण सडक दुर्घटना बढी रहेको छ,’ शाहले भने ‘चालक र यात्रुलाई विश्राम गर्नका लागि रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको हो।’ रिफ्रेस सेन्टर नामको मात्रै सञ्चालन नभएर व्यवहारमा प्रयोग गर्नुपर्नेमा समेत जोड उनको छ। त्यसको रेखदेख र अनुगमन गर्न सम्बन्धित निकायलाई समेत आग्रह गरे।

अधिकांश दुर्घटना चालकको लापरवाहीले हुने गरेको भन्दै सचेत रहन आग्रह गरे। गाडी चलाउँदा मापसे सेवन गर्ने, ओभर स्पिड, मोबाइल फोनको प्रयोग लगाएतका गतिविधिले दुर्घटना बढी हुने गरेको उनको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell