काठमाडौँ : गणेशमान सिंह फाउण्डेसनको आयोजनामा आगामी माघमा वी गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप हुने भएको छ।
फाउण्डेसनले शुक्रवार पत्रकार सम्मेलन गर्दै आगामी माघ २२ देखि २६ गतेसम्म च्याम्पियनससिप हुने जानकारी दिएको हो।
राष्६रिय खेलकुद परिषद्को सहयोग र नेपाल बक्सिङ संघको स्वीकृतिमा हुन लागेको च्याम्पियनसि बसन्तपुर डबलीमा आयोजना हुनेछ। यसअघि योङ स्टार क्लबले दुई संस्करण खुला बक्सिङ प्रतियोगिता गरेको र फाउण्डेसनले पहिलो पटक राष्ट्रिय बक्सिङ गर्न लागेको च्याम्पियनसिपका संयोजक तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष समेत रहेका राजिव श्रेष्ठले जानकार दिए।
च्याम्पियनसिपमा सात प्रदेश र तीन विभागीय टोली गरी कूल १०० टोलीको सहभागिता रहनेछ। पुरुषतर्फ ८ र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुने च्याम्पियनसिपमा कूल १४० खेलाडीले सहभागिता जनाउने श्रेष्ठले बताए।च्याम्पियनसिपमा ८० पुरुष र ६० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
च्याम्पियनसिपका लागि प्रदेशको छनोट यही मंसिर २८ गतेदेखि सुरु गर्ने र सातवटै प्रशेमा छनोट प्रतियोगिता गरेर खेलाडी छनोट आयोजकले जनाएको छ।
च्याम्पियनसिपका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने र अनुमानित बजेट ८० लाख रहेको श्रेष्ठले जानकारी दिए।
च्याम्पियनसिपमा गोल्ड मेडल जित्नेलाई २५ हजार, सिल्भर जित्नेलाई १५ हजार ब्रोन्ज जित्नेलाई ७ हजार पाँच सय नगद प्रदान गरिने संयोजक श्रष्ठले जानकारी दिए। यस्तै पुरुष उत्कृष्ट खेलाडीले मोटरसाइकल र महिला उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछन्।
नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले यो च्याम्पियनसिप नेपालको बक्सिङ विकासको लागि महत्वपूर्ण रहेको र यसबाटै खेलाडीको प्रतिभा तिखार्ने मौका पाउने बताए।