PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'पैसा हैन पासो छ परदेशमा..' गाउने पुष्पनले भाग्य विधाता भनेका अमित नेपाल आइडलबाट बाहिरिए



पहिलोपोस्ट

'पैसा हैन पासो छ परदेशमा..' गाउने पुष्पनले भाग्य विधाता भनेका अमित नेपाल आइडलबाट बाहिरिए

'पैसा हैन पासो छ परदेशमा..' गीत गाएर आफूलाई चर्चामा ल्याइदिएकोले ओरिजिनल गायक पुष्पन प्रधानले भाग्यविधाता भनेका अमित बराल नेपाल आइडलको होडबाट बाहिरिएका छन्। 

नेपाल आइडलको सिजन २ कै सबैभन्दा भावुक एपिसोडका रुपमा रहेको त्यो कार्यक्रममा अमितले गीत गाउँदा धेरैको आँखामा आँसु बगेको थियो। 

अर्को एपिसोडमा पुष्पनलाई अतिथि गायकका रुपमा निम्त्याइएको थियो जसमा उनले आफूलाई चर्चामा ल्याइदिने अमितलाई धन्यवाद दिएका थिए। 
 

नवलपरासीको बर्दघाटमा जन्मिएका बरालका बुवा जीवन रोजगारीका लागि कतारमा छन्। अमित माइलो छोरा हुन्। जेठो सुमित बरालको निकै मिठो स्वर थियो। २०६५ सालमा दाजुको मृत्युपछि दाजुको सपना पूरा गर्न उनले गीत गाउन थालेका थिए। 

हिजोको जजिङ राउन्डमा सुमित पाठकले सबैभन्दा धेरै भोट पाए। सबैभन्दा कम भोट पाउने दुई जनामा विक्रम बराल पनि परेका थिए। विक्रम यसअघि पनि धेरै पटक बटम थ्रीमा परिसकेका छन्। 

नेपाल आइडलको शीर्ष चारमा अब झापाका सुमित पाठक, कञ्चनपुरका रवि ओड, पोखराका विक्रम बराल र एक मात्र महिला झापाकी अस्मिता अधिकारी रहेकी छिन्।

सम्बन्धित समाचार
विरक्तिएर नेपाल छाडी गएका पुष्पन प्रधान जसलाई नेपाल आइडलको 'पंक्षी'ले नसोचेको चर्चा दिलायो 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell