PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

आजदेखि द बिगेस्ट इपीएल : उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स भिड्दै



पहिलोपोस्ट

आजदेखि द बिगेस्ट इपीएल : उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स भिड्दै

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट आजदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। 'द बिगेस्ट' नारा रहेको इपीएलको तेस्रो संस्करणमा नेपालका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

यस पटक नाम चलेका विदेशी खेलाडी, विदेशकै कमेन्टेटर र अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्सका कारण इपीएल प्रतिक्षित बनेको थियो। अब प्रतिक्षाको घडी सकिएको छ।

आज दिउँसो १ बजे साविक विजेता पारस खड्काको विराटनगर वारियर्स र ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रिओट्सबीच उद्घाटन खेल हुनेछ। लागि तयारी अवस्थामा छ।

यस खेललाई नेपाली राष्ट्रिय टिमका कप्तान पारस भर्सेस उपकप्तान ज्ञानेन्द्रबीचको भिडन्तको रुपमा हेरिएको छ।

यसैगरी उद्घाटन खेलअघि दिपक बज्राचार्यले सांगितिक प्रस्तुती दिने आयोजकले जनाएको छ।

इपीएलमा सहभागि ६ टिमले राउण्ड सिंगल राउण्ड रोविन लिगमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। लिगपछि शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्नेछन् र त्यसपछि क्वालिफायर, एलिमिनेटर खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell