PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

हराएको १३ दिनपछि भेटियो १७ वर्षीया किशोरीको शव



रासस

हराएको १३ दिनपछि भेटियो १७ वर्षीया किशोरीको शव
गुगल म्याप

पर्वत : पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ। मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो । 

उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए। उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ। 

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार बाबुसँग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन । त्यही झोकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell