
कप्तान लियोनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई पराजित गर्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।
क्याटलाना डर्बीमा बार्सिलोनाले स्पानयोललाई ४-० ले पराजित गर्यो। बार्सिलोनाका लागि ओसमान डेम्बेले र लुइस सुअारेजले पनि एक एक गोल गरे।
जितपछि १५ खेलबाट ३१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। शनिबारै भएको खेलपछि एट्लेटिको मड्रिड र सेभियाले बार्सिलोना समान २८ अंङ्क जोडेको थियो। तर बार्सिलोनाले स्पानयोलविरुद्ध सहज जित हात पार्दै ३ अंकको अग्रता बनाएको हो।
त्यसअघि एट्लेटिकोले अलाभेजलाई ३-० ले पराजित गरेको थियो भने सेभिया एक गोलको अग्रता जोगाउन नसक्दा भ्येन्सियासँग १-१ गोलको बराबरीमा रोकियो।