PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

ए डिभिजन लिग : एपीएफको तेस्रो जित



पहिलोपोस्ट

ए डिभिजन लिग : एपीएफको तेस्रो जित
file photo

काठमाडौँ : विभागीय टोली एपीएफले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ। लिग अन्तर्गत आइतवार भएको पहिलो खेलमा एपीएफले सरस्वती युथ क्लबलाई ३-० ले पराजित गरेको हो।

सिजनको तेस्रो जितपछि ७ खेलबाट ११ अंक जोडेको एपीएफ अंक तालिकामा सातौँ स्थानमा उक्लेको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफको लागि रुप बहादुर लामाले दुई गोल गरे भने युवराज खड्काले एक गोल गरे। लामाले १८औँ र ८८औँ मिनेटमा गोल गरे। खड्काले ४३औँ मिनेटमा गोल गरेका थिए।

उता सिजनको पाँचौ हार बेहोरेको सरस्वती युथ क्लब ६ अंकसहित नवौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell