PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

पोखरा राइनोजले बनायो इपीएलकै उच्च स्कोर, भैरहवा ग्लाडिएटर्सलाई दियो २१६ रनको लक्ष्य



पहिलोपोस्ट

पोखरा राइनोजले बनायो इपीएलकै उच्च स्कोर, भैरहवा ग्लाडिएटर्सलाई दियो २१६ रनको लक्ष्य

काठमाडौँ : विदेशी खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा अहिलेसम्म उच्च स्कोर बनाएको छ।

काठमाडौँमा भइरहेको इपीएल २०१८ मा पोखरा राइनोजले आइतवार भैरहवा ग्लाडिएटर्स विरुद्ध निर्धारित २० ओभरमा २१५ रन बनाएको हो।

गत सिजन विराटनगर वारियर्सले चितवन टाइगर्स विरुद्ध निर्धारित २० ओभरमा १७४ रनको स्कोर बनाएको थियो।

विदेशी खेलाडीद्वय रिचर्ड लेभी र कप्तान कायल कोत्जरले पहिलो विकेटका लागि शतकिय साझेदारी गरेको उक्त खेलमा अर्का विदेशी खेलाडी पउल कघलिन र सुनिल धमलाले पनि उत्कृष्ट ब्याटिङ गरे।

दक्षिण अफ्रिकि खेलाडी रिचर्ड लेभीले सर्वाधिक ७९ रन बनाए। ३६ बल खेलेका लेभीले ७ चौका र ७ छक्का प्रहार गरे। कोत्जरले ३७ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाए भने सुनिल धमलाले ३८ रन जोडे। धमलाले २३ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे। कघलिनले नटआउट २० रन बनाए। १० बल खेलेका उनले समान १ चौका र छक्का प्रहार गरे।

टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell