
गारेथ बेलले गरेको एकमात्र गोलको मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार हुएस्कालाई पराजित गरेको छ।
रियलले अवे मैदानमा भएको खेलमा हुएस्कामाथि १-० को कठिन जित हात पारेको हो। रियलका लागि बेलले खेलको आठौँ मिनेटमै गरेको गोल निर्णायक बन्यो।
जितपछि १५ खेलबाट २६ अंक जोडेको रियल अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि छ। १५ खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष सथानमा छ भने समान २८ अंक रहेका सेभिया र एट्लेटिको मड्रिड दोस्रो र तेस्रोमा छन्।