PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मैदानमा 'क्याप्टेन'



पहिलोपोस्ट

मैदानमा 'क्याप्टेन'

काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन'को पोस्टर सार्वजनिक भएको छ। दुई पोस्टरमा अनमोलसँगै सुनिल थापा र प्रशान्त ताम्राकार फिचर्ड छन्। एक तस्वीरमा अनमोल फुटबल बोकेर खेल मैदानमा देखिन्छन्।

स्पोर्टस ड्रामामा अनमोल फुटबल खेलाडीको रुपमा देखिनेछन्। फिल्म आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउनेछ। सुपर काजल फिल्मस्को ब्यानरमा बनेको फिल्मलाई अभिनेता भुवन केसीले निर्माण गरेका हुन्। फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। कलाकार उपासना सिंह ठकुरी र प्रियंका एमभीले यसै फिल्म मार्फत डेब्यू गर्दैछन्।



फिल्ममा अनमोल, सुनिल र प्रशान्तसँगै विल्सन बिक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बद्धी तामाङलगायतको अभिनय छ। फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द र दीर्घ खड्काको सम्पादन छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell