PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

नेपाली र तामाङ भाषा मिश्रित 'कथा ७२'को गीत रिलिज



पहिलोपोस्ट

नेपाली र तामाङ भाषा मिश्रित 'कथा ७२'को गीत रिलिज

काठमाडौं :  काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा 'कथा ७२'को नेपाल प्रिमयर भयो। प्रिमियर समारोहमा फिल्मको गीत पनि सार्वजनिक गरिएको थियो।  'तिला ताजी' बोलको गीत भिडियोसहित युट्युबमा पनि उपलब्ध छ।

गीतमा गरिमा गुरुङको शब्द, स्वर अनि संगीत रहेको छ। संगीतमा अमन बिक्रम शाहले सघाएका छन्। तामाङ र नेपाली दुई भाषाको प्रयोग गरिएको गीतको शीर्षक 'तिला ताजी' को नेपाली अर्थ 'के भयो' हो। 

फिल्म भने मंसिर २८ गतेदेखि प्रदर्शनमा आउनेछ। यसअघि सिटेल इन्टरनेशनल फिल्म फेस्टिभल, दुर्बन इन्टरनेशनल फिल्म फेस्टिभल, सिकागो साउथ एसियन फिल्म फेस्टिभल, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ। 

फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामाङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय छ।  फिल्मले भूकम्पपछि एउटा युवाको जिन्दगीमा घट्ने घट्नाहरुको कथा बोलेको छ। फिल्मलाई प्रविनले निर्देशन गरेका हुन्।   


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell