PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बिलिनियरकी छोरीको विवाहमा नाच्यो बलिउड



पहिलोपोस्ट

बिलिनियरकी छोरीको विवाहमा नाच्यो बलिउड

भारतकै सर्वाधिक धनी मुकेश अम्बानीकी छोरी ईसा अम्बानीको विवाह कार्यक्रममा अधिकांश बलिउड कलाकारहरु पुगेका छन्। ईसाको विवाह भारतकै अर्का बिलिनियर आनन्द पिरामलसँग यो बुधबार हुनेछ।

तर, विवाहको सेलेब्रेसन सुरु भइसकेको छ। २७ वर्षीया ईसाको विवाहको संगीत कार्यक्रममा हलिउड गायिका वियोन्सले पनि प्रस्तुती दिएकी छिन्। त्यस्तै बलिउडका दुई खान शारुख र आमिर पनि संगीतमा नृत्य प्रस्तुत गरे। अभिनेत्री ऐश्वर्य राय बच्चन, अभिषेक बच्चन र कट्रिना कैफले पनि संगीतमा नृत्य प्रस्तुत गरेपछि भारतमा अहिले ईसाकै विवाहको चर्चा छ।  

पछिल्लो समय दीपिका पादुकोण र रणवीर सिंहको विवाहमा अम्बानी परिवार उपस्थित थिए। ईसाको विवाहमा पनि दीपिका र रणवीर उपस्थित छन्। विवाहमा हिलारी क्लिन्टन र क्रिकेटर सचिन तेन्दुल्कर पनि आमन्त्रित छन्।

गायिका वियोन्सको पारिश्रमिक भने खुलेको छैन। तर, रिलायन्स इन्डस्ट्रीका प्रबन्ध निर्देशक मुकेशको सम्पत्ति भने ४७ खर्ब अमेरिकी डलर हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell