PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

भारतको केन्द्रीय बैंकका गभर्नरले दिए राजिनामा, मोदी सरकारमाथि कांग्रेसको प्रहार



पहिलोपोस्ट

भारतको केन्द्रीय बैंकका गभर्नरले दिए राजिनामा, मोदी सरकारमाथि कांग्रेसको प्रहार

काठमाडौं : रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजिनामा दिएका छन्। मोदी सरकारले नियुक्त गरेका पटेलले भारतमा लोकसभाको निर्वाचन नजिकिँदै गरेको समयमा राजिनामा दिएका हुन्।
 
उनी कार्यकाल नसकी पद छाड्ने चौथो तथा १९९० पछिको पहिलो गभर्नर समेत भएका छन्। नौ महिना कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएका हुन्।
 
भारतको केन्द्रीय सरकारसँगको पछिल्लो टकरावपछि उनको यस्तो कदम आएको हो। महिना दिन अगाडि त्यहाँका डेपुटी गभर्नरले सरकारको आलोचना गर्दै बैंकलाई स्वतन्त्रता दिन चेतावनी दिएका थिए।

सोमवार प्रेस वक्तव्यमार्फत् व्यक्तिगत कारण देखाउँदै पटेलले राजिनामा दिएका हुन्। उनको राजिनामा पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको कार्यलाई सँधै सम्झिरहने भन्दै प्रसंसा गरेका छन्। प्रधानमन्त्री मोदीले उनको प्रसंसामा दुईवटा ट्वीट गरेका हुन्। 


पटेलको नेतृत्वमा आरबीआइले बित्त स्थायित्व कायम राखेको बताएका छन्। त्यस्तै भारतीय बित्त मन्त्री अरुण जेट्लीले उनलाई धन्यवाद दिएका छन्। उनको क्षमताले देशलाई फाइदा पुगेको बताएका छन्।
 
पटेलको राजिनामासँगै सत्तारुढ दल भाजपा र प्रधानमन्त्री मोदीमाथि प्रतिपक्षी दलहरुले कडा टिप्पणी गर्नथालेका छन्। विपक्षी कांग्रेस आइले प्रधानमन्त्री मोदीले प्रजातान्त्रिक संस्थामाथि हस्तक्षेप गरेको आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell