PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दशौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा महेश्वर र विमललालले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

दशौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा महेश्वर र विमललालले प्रतिस्पर्धा गर्ने

काठमाडौँ : दसौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

थाइल्याण्डमा हुने च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको चाङमाइ जाँदैछन्।

नेपालबाट पुरुष ७५ केजीमा महेश्वर महर्जन तथा पुरुष फिट्नेस फिजिकमा विमललाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सोमवार बिदाइ गरे। च्याम्पियनसिप मंसिर २५ देखि पुस २ गतेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell