PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

काभ्रेमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

बनेपाः काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन्। पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा ३ ख २०३ नम्बरको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell