PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

अमृतसरमा कपिल र गिन्नीको बिहे



पहिलोपोस्ट

अमृतसरमा कपिल र गिन्नीको बिहे

यो वर्ष बलिउडका लागि विवाह वर्ष नै भयो। बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर कपुरले बिहे गरेसँगै प्रियांका चोपडाले पनि अमेरिकन गायक निक जोनससँग विवाह गरिन्।

त्यस्तै बलिउड कलाकारको ओइरो लाग्ने अर्को विवाह हो ईसा अम्बानी र आनन्द पिरामल। बुधबार उनीहरु बिहे गर्दैछन्।

भारतकै सर्वाधिक धनी मुकेश अम्बानीकी छोरीको विवाहसँगै बलिउडमा अर्को पनि कलाकारको विवाह छ। उनी हुन् हाँस्य कलाकार कपिल शर्मा। कपिलले पनि गर्लफ्रेन्ड गिन्नी चतरथसँग डिसेम्बर १२ मा बिहे गर्दैछन्।

विवाहका लागि कपिल भारतको अमृतसर पुगेका छन्। हालै गिन्नीको घरमा मेहेन्दी कार्यक्रममा पनि सम्पन्न भयो। विवाह लगतै कपिल सो लिएर दर्शक माझ प्रस्तुत हुनेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell