PahiloPost

Jun 24, 2026 | १० असार २०८३

‘उपियाँको निबन्ध’ पुन: मञ्चन, योपटक मण्डलामा



पहिलोपोस्ट

‘उपियाँको निबन्ध’ पुन: मञ्चन, योपटक मण्डलामा

काठमाडौं: दुई वर्षअघि थिएटर मलमा नाटक ‘उपियाँको निबन्ध’ नाटक मञ्चन भएको थियो। विडम्बना उक्त नाटक मञ्चन भएको एक वर्षपछि काठमाडौं मलस्थित नाटक घर भत्काउनु पर्‍यो।  नाटक घर भत्किएपनि संस्थापक टोली दह्रो गरी उभिए। टिमले आउँदो फागुनमा थिएटर मलको नयाँ नाटक घर कीर्तिपूरमा उद्घाटन गर्दैछ।

त्यसअघि नाटक ‘उपियाँको निबन्ध’ पुन: मञ्चन हुँदैछ। केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटकले शिक्षक र विद्यार्थीको सम्बन्धमार्फत देशको शैक्षिक पद्धति र त्यसले बाल मनोविज्ञानमा पार्ने असरको चर्चा गर्छ।

थिएटर मल टिमले योपटक मण्डला थिएटरमा नाटक देखाउँदैछ। हरेक दिन बाह्र र साँझ पाँच बजे नाटक सुरु हुनेछ। त्यस्तै शनिबार भने दिउसो एक र साँझ पाँच बजे सो रहनेछ।

मङ्गलबारबाट सुरु भएको नाटकको पुस ३ गतेसम्म नियमित मञ्चन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell